आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ५९७ जनामा कोरोना भाइरसको संक्रमण

गोकर्णेश्वर खबर२८ भाद्र २०७७, आईतवार १६:४० मा प्रकाशित (३ साल अघि) २८१ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा उपत्यकामा ५ सय ९७ जनामा कोरोना संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ४ सय ८३ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा ३३ जनासहित काठमाडौं उपत्यकामा ५ सय ९७ जनामा पछिल्लो २४ घन्टामा संक्रमण देखिएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार ३९ जनासहित देशभर संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ३८ हजार ६ सय ९७ जना उपचारपछि घर फर्किएका छन् भने कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय ४५ पुगेको छ ।