आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ४ जना कोरोना संक्रमितको मृत्यु

गोकर्णेश्वर खबर२८ भाद्र २०७७, आईतवार १४:५३ मा प्रकाशित (३ साल अघि) ४५० पाठक संख्या

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना भाइसको संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । काठमाडौंका ३ जना र सिन्धुपाल्चोकका १ जनाको कोरोनाबाट मृत्यु भएको अस्पतालका डा.सविन थपलियाले जानकारी दिए ।

काठमाडौंका ५९, ६४ र ७० वर्षीय पुरुष तथा सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । ज्यान गुमाउने सबैको विभिन्न स्वास्थ्य समस्याले अस्पताल पुगेपछि कोरोना पोजेटिभ देखिएको थियो ।