आज: १९ बैशाख २०८२, शुक्रबार | Fri, 02, May, 2025

गोकर्णेश्वर ३ जगडोल गाम्चामा ठेकदारले सडक निर्माणमा लापरबाही गरेको भन्दै स्थानीय आक्रोशित

गोकर्णेश्वर खबर२३ भाद्र २०७७, मंगलवार १०:०८ मा प्रकाशित (४ साल अघि) १००७ पाठक संख्या

गोकर्णेश्वर नगरपालिका वडा नं ३  जगडोल गाम्चामा ठेकदारले लापरबाही गरेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।सो सडक खण्डको नाला र वाल निर्माणको क्रममा ठेकदारले  लापरवाही  गरेको र सोइलिंग नै नगरि माथि बाट कमसल ढलान गरेको भन्दै आज स्थानीयले बिरोध गरेका हुन् ।

गोकर्णेश्वर नगरपालिका  वडानं ३ का  अध्यक्ष  राजेन्द्र कुमार भण्डारीलाइ ठेकदारको लापरवाही र गुणस्तरहीन काम भइरहेको बारे जानकारी गराए पश्चात  उनि  आज फिल्ड निरीक्षणमा आएका थिए। फिल्ड निरीक्षण पश्चात उनले तत्कालको लागि काम रोक्न निर्देशन दिएका थिए ।ठेगदारले आँखामा छारो हाल्ने गरि  काम गरेको  स्थानीयको गुनासो रहेको थियो ।

इट्टाको सोइलिंग पश्चात ढलान हुनु पर्नेमा सोइलिंग नै नगरि ढलान गरिएको स्थान स्थानीयले खनेर वडा अध्यक्षलाइ देखाएका थिए । त्यसै गरि  वाल निर्माणमा पनि कमसल सामग्री प्रयोग गरिएको उनीहरुको आरोप रहेको थियो । वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीले तत्कालको लागि काम रोक्न निर्देशन दिदै सम्बन्धित सरोकारवालार ठेगदार बीचको छलफल पश्चात मात्र काम अघि बढाइने बताए ।