आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

गोकर्णेश्वर नपा. स्वयम् सेवक परिचालन समिति र विभिन्न संघ सस्थाको संयुक्त आयोजनामा जुबि पेट्रोल पम्प प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न

गोकर्णेश्वर खबर१८ भाद्र २०७७, बिहीबार २१:३२ मा प्रकाशित (४ साल अघि) ४६६ पाठक संख्या

काठमाडौं – गोकर्णेश्वर नगरपालिका स्वयम् सेवक परिचालन समिति र सुन्दरटोल जागृत यूवा क्लब, मिलनचोक यूवा क्लब, Youth Of Gokarneshwor को  संयुक्त आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम  सम्पन्न भएको छ ।

 

 

विहीबार रक्त संचार केन्द्रको प्राबिधिक सहयोगमा गोकर्णेश्वर नगरपालिका स्वयम् सेवक परिचालन समिति र  विभिन्न संघ सस्थाको संयुक्त आयोजनामा  जोरपाटी स्थित जुबि पेट्रोल पम्प प्राङ्गणमा रक्तदान कार्यक्रम  सम्पन्न भएको हो, जसमा आज ५२ पिन्ट रगत संकलन भएको गोकर्णेश्वर नगरपालिका स्वयंसेवक समितिका संयोजक दीपक लामाले जनकारी दिनु भएको हो ।