आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

कागेश्वरी मनोहराका स्वास्थ्यकर्मीमा कोरोना पुष्टि,डाँछी स्वास्थ्य चौकी सिल

गोकर्णेश्वर खबर१२ भाद्र २०७७, शुक्रबार २१:५५ मा प्रकाशित (३ साल अघि) २५४ पाठक संख्या

काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिकामा एक स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। नगरपालिका ५ स्थित डाँछी स्वास्थ्य चौकी थलीमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि स्वास्थ्य चौकी सिल गरिएको छ। यस्तै नगरपालिकाका अर्का एकजना कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ। शुक्रबार संक्रमित हुनेमा एक महिला र एक पुरुष हुन्।

हाल कोरोना देखिएका कर्मचारी नगर अस्पतालमा र अन्य कर्मचारीहरु होम आइसोलेसनमा रहेको नगरपालिकाले जनाएको छ। स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएपछि स्वास्थ्य चौकी सिल गरिएको नगर प्रवक्ता राजाराम पुडासैनीले जानकारी दिए। स्वास्थ्य चौकीबाट हुँदै आएको बर्थिङ सम्बन्धि सेवा आलापोट स्वास्थ्य चौकीबाट दिने र अन्य सेवा वडा न ४ मा रहेको सहरी स्वास्थ्य केन्द्रबाट हुने समेत उनले बताए।

डिस इन्फेक्सन गरेपछि स्वास्थ्य चौकी पुनः संचालनमा ल्याइने नगरपालिका स्वास्थ्य शाखाकी फोकल पर्सन लक्ष्मी कोइरालाले जानकारी दिइन्। उनले अब जगेडामा कर्मचारी राखेर स्वास्थ्य चौकीबाट दिँदै आएको सेवा प्रवाह गर्ने बताइन्।

नगरपालिकामा शुक्रबार थपिएका २ जनासहित संक्रमितको संख्या १०५ पुगेको छ। कागेश्वरमा समुदायस्तरमा कोरोना देखिएको छ। ७ र ९ नम्बर वडामा सबैभन्दा बढी कोरोना संक्रमण देखिएको छ।