आज: ३० बैशाख २०८१, आईतवार | Sun, 12, May, 2024

लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर सहितका ६ वटा क्लबले संयुक्त रुपमा आकस्मिक रक्तदान कार्यक्रम गर्ने

गोकर्णेश्वर खबर११ भाद्र २०७७, बिहीबार ०८:२६ मा प्रकाशित (३ साल अघि) ५२७ पाठक संख्या

काठमाडौं भाद्र ११। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतको लायन्स क्लब तथा लियो क्लब अफ काठमाडौं गोकर्णेश्वर सहितका ६ वटा क्लबले संयुक्त रुपमा आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

विश्व ब्यापी रुपमा फैलिएको कोरोना भाइरस माहामारी नियन्त्रणका लागि सरकारले लागु गरेको निषेधाज्ञाको कारण रक्त संचार केन्द्रमा भएको  रगत अभाबलाइ परिपूर्ति गर्न सहयोग पुगोस भनेर भाद्र १२ गते शुक्रबार  गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा लायन्स तथा लियो क्लब अफ काठमाडौं गोकर्णेश्वर सहित लायन्स क्लब अफ काठमाडौं गुप्ती गणेश, लायन्स क्लब अफ काठमाडौं बागमती नर्थ, लायन्स तथा लियो क्लब अफ सिम्रिक लायन्स क्लब अफ काठमाडौं एकेडेमिक, लायन्स क्लब अफ काठमाडौं डाँफे र लायन्स क्लब अफ काठमाडौं मनहराको आयोजनामा सुरक्षित तवरले  बिहान ९ :३० बजे देखि शुरुहुने उक्त कार्यक्रममा सहभागी भइ रक्तदान गर्न आयोजकले अनुरोध गरेको छ ।