आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

ब्लोदान नेपाल गोकर्णेश्वर नगर कमिटिले भाद्र १३ गते शनिबार आकस्मिक रक्तदान गर्ने

गोकर्णेश्वर खबर१० भाद्र २०७७, बुधबार १०:३७ मा प्रकाशित (४ साल अघि) ६३९ पाठक संख्या

काठमाडौं, भाद्र १०। ब्लोदान नेपाल गोकर्णेश्वर नगर कमिटिले आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

भाद्र १३ गते शनिबार गोकर्णेश्वर नगरपालिकावडा नं ५ चामुण्डा मन्दिर परिसरमा बिहान १० बजे देखि आवश्यक सुरक्षा मापदण्ड अपनाएर सुरक्षित तवरले गर्न लागिएको उक्त रक्तदान कार्यक्रममा सहभागी हुन आयोजकले अनुरोध गरेको छ।

कोरोना महामारीको कारण सरकारले गरेको निषेधाज्ञाको कारण भएको रगतको अभाबलाइ पुरा गर्न केहि भए पनि सहयोग हुने बिश्वासका साथ रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले बताएको छ।

उक्त आकस्मिक रक्तदान कार्यक्रम रक्तदान गर्न इच्छुक ब्यक्तिहरुले अग्रिम सम्पर्क  गर्न आयोजकले अनुरोध गरेको छ। सम्पर्क गर्ने ब्यक्तिहरु :

संजय पोखरेल  ९८४१४९८९४९

गोबिन्द काफ्ले  ९८५१०९६०९७

विकास श्रेष्ठ   ९८५१०१९४०१