आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

कोरोना संक्रमित भारतका पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था गम्भीर

गोकर्णेश्वर खबर२९ श्रावण २०७७, बिहीबार १८:२८ मा प्रकाशित (३ साल अघि) २७६ पाठक संख्या

नयाँ दिल्ली – कोरोनाभाइरसको संक्रमण भएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोमामा पुगेका छन्।

मंगलबार बिहान सेनाको रिसर्च एन्ड रिफरल (आरएन्डआर) अस्पतालले उनी कोमामा पुगेको जानकारी दिएको छ। यद्यपी मुखर्जीका मुख्य सूचकहरू भने स्थिर रहेको हिन्दुस्तान टाइम्सले स्रोतलाई उद्धृत गर्दै लेखेको छ।

अस्पतालले उनको स्वास्थ्य अवस्थामा कुनै परिवर्तन नआएको र भेन्टिलेटरकै सहयोगमा रहेको बताए।

पूर्वराष्ट्रपति मुखर्जीलाई सोमबार नयाँ दिल्लीस्थित आरएन्डआर अस्पतालमा भर्ना गरिएको थियो। उनको दिमागमा रगत जमेपछि अपरेशन गरेको थियो।

बिहीबार बिहानदेखि नै पूर्वराष्ट्रपति मुखर्जी बितेको समाचार बाहिर आएपछि उनका छोरा अभिजित मुखर्जीले ट्वीटसमेत गरेका छन्।

उनले भ्रामक समाचारहरू फैलाउन बन्द गर्न आग्रह गरेका छन्।

प्रतिष्ठित पत्रकारहरूले नै सामाजिक सञ्जालमा अनुमानका भरमा र फेक न्युज फैलिनुले प्रष्ट पार्छ कि भारतमा मिडिया फेक न्युजको फ्याक्ट्री बनेको छ, उनले ट्वीट गरेका छन्।