आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

फोरजी सेवा विस्तार निर्धारित समयमै नहुनुको कारण पेस गर्न संसदीय समितिको निर्देशन

गोकर्णेश्वर खबर१६ श्रावण २०७७, शुक्रबार १९:१२ मा प्रकाशित (३ साल अघि) ६९४ पाठक संख्या

काठमाडौं – प्रतिनिधिसभाअन्तर्गत विकास तथा प्रविधि समितिले नेपाल टेलिकमको फोरजी सेवा विस्तार निर्धारित समयमै नहुनुको कारण उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको शुक्रबारको बैठकले टेलिकमको फोरजी सेवा विस्तार निर्धारित समयभित्र सम्पन्‍न नहुनुको कारण ७ दिनभित्र समितिमा उपलब्ध गराउन सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो ।

सभापति कल्याणीकुमारी खड्काले टेलिकमले फोरजी सेवा विस्तारमा भएको ढिलाइएको कारण ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएकी हुन् ।

टेलिकमको सेवा प्रभावकारी नभएको जनगुनासो आएकाले गुणस्तरीय र नागरिकका अपेक्षाअनुरुप सेवा विस्तारको कार्ययोजनासमेत ३० दिनभित्र समितिमा पेस गर्नसमेत मन्त्रालयलाई निर्देशन दिइएको छ ।