आज: २२ बैशाख २०८२, सोमबार | Mon, 05, May, 2025

विद्यालयमा रहेका क्वारेन्टिन र आइसोलेसन हटाउने

गोकर्णेश्वर खबर१५ श्रावण २०७७, बिहीबार १८:०७ मा प्रकाशित (४ साल अघि) ४४९ पाठक संख्या

काठमाडौं । सरकारले विद्यालयमा रहेका क्वारेन्टिन र आइसोलेसन कक्ष हटाउने निर्णय गरेको छ ।विद्यालय आवतजावतमा असर हुने गरी कोरोना महामारी रोकथाम र नियन्त्रणसम्बन्धी संरचना नराख्ने सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार क्वारेन्टिन र आइसोलेसन कक्ष हटाउन लागिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता डा। युवराज खतिवडाले बताएका छन् ।

बिधालयमा क्वारेन्टिन र आइसोलेसन रहेको भए तत्काल हटाउने र ती क्षेत्रलाई स्थानीय तहले निर्मलीकरण गर्ने सरकारको निर्णय भएको मन्त्री खतिवडाले बताए ।सरकारले भदौ १ देखि बिधालयमा भर्ना अभियान सुरु गर्ने बताएको छ ।

सरकारले कोरोना रोकथाम र नियन्त्राणको लागि भारत लगायत तेस्रो मुलुकबाट आउनेहरूलाई राख्न छुट्टै क्वारेन्टिन अभाव भएपछि सामुदायिक विद्यालयहरुलाई नै प्रयोग गर्दै आएको छ।

पछिल्लो समय भने धेरै मानिस क्वारेन्टिन बसाइ सकेर घर फर्किएपछि खाली हुँदै गरेका विद्यालयहरूलाई अध्यापन सुरू गर्नलाई तयार पार्न सरकारले यस्तो निर्देशन दिएको हो।