आज: २२ बैशाख २०८२, सोमबार | Mon, 05, May, 2025

कोरोनाका कारण थप एक जनाको मृत्यु,आजै ३ संक्रमितको मृत्यु

गोकर्णेश्वर खबर१४ श्रावण २०७७, बुधबार २३:०३ मा प्रकाशित (४ साल अघि) २८९ पाठक संख्या

काठमाडौं – बुधबार साँझ थप एकजना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत मोरङका ४५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए।

मृतकलाई आजै विराटनगरको कोसी अस्पतालले रिफर गरेको थियो। दिउँसो १ बजे अस्पताल भर्ना भएका उनको पौने पाँच बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

उनलाई अस्पताल ल्याउँदा नै निमोनियाको समस्या रहेको थियो। बुधबार नै वीरगन्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। उनीहरू दुबै पर्साका वासिन्दा हुन्।

जसमा ७० र ६८ वर्षीय पुरुषहरू छन्। उनीहरूमध्ये एकजनाको नेशनल अस्पताल र अर्कोको गण्डक अस्पतालमा मृत्यु भएको हो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ।