आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

एआईजी शाही र कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान

गोकर्णेश्वर खबर१४ श्रावण २०७७, बुधबार १७:५४ मा प्रकाशित (४ साल अघि) १९५ पाठक संख्या

काठमाडौं– नेपाल प्रहरीको एआईजीमा बढुवा भएका निरजबहादुर शाही र प्रद्युम्न कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

प्रहरी प्रधान कार्यालय नक्सालमा आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दुवैलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी बढुवा सिफारिसमा परेका शाही र कार्कीलाई एआईजीमा बढुवाको निर्णय गरेको थियो।

दुवैलाई आज दर्ज्यानी चिन्हसँगै पदस्थापन पनि गरिएको छ। एआईजी शाहीलाई प्रहरीको मानव श्रोत एवं प्रशासन विभागको प्रमुखमा र कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जिम्मेवारी दिइएको छ।