आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

पहिरोले नौलीखोला थुनियो,जोखिम वस्तीका स्थानीयलाई सुरक्षित स्थान सारियो

गोकर्णेश्वर खबर१० श्रावण २०७७, शनिबार ११:१५ मा प्रकाशित (३ साल अघि) २७९ पाठक संख्या

गोरखा – पहिरोले गोरखाको नौलीखोला थुनिएको छ।

धार्चे गाउँपालिका ७, लापुस्थित चिङ्गारनजिकै पहिरोले खोला थुनिएको बताइएको छ । खोला थुनिएसँगै लापुवेशीको बान्द्राङ, नौलीखोला र नयाँवस्तीदेखि झरनासम्मको गाउँका करिव ८० घरधुरी जोखिममा परेका छन् ।

जोखिम वस्तीका स्थानीयलाई सुरक्षित स्थानमा लगेर राखिएको स्थानीइ प्रशासनले जनाएको छ ।

बुढीगण्डकीको सहायक नौलीखोला थुनिएपछि प्रशासनले तल्लो तटीय क्षेत्रसहित बुढीगण्डकी नदी किनार आसपासका बासिन्दालाई सतर्क रहन आह्वान गरेको छ ।