आज: २१ बैशाख २०८२, आईतवार | Sun, 04, May, 2025

दक्षिण कोरियामा एक नेपाली युवाले गरे आत्महत्या

गोकर्णेश्वर खबर२६ असार २०७७, शुक्रबार १०:१५ मा प्रकाशित (४ साल अघि) ३४२ पाठक संख्या

काठमाडौं – रोजगारीको शिलशिलामा दक्षिण कोरियामा कार्यरत एक यूवाले झुन्डिएर आत्महत्या गरेका छन।

अर्घाखाँची जिल्ला भुमिकास्थान १० धनचौर स्थायी घर भई हाल दक्षिण कोरियाको फारानमा कार्यरत २३ बर्षिय युवाले आत्महत्या गरेका हुन।

बिक्रम पाण्डे नाम गरेका उनी ईपिएस मार्फत करिब ३ बर्ष अगाडी कोरिया आएको बुझिएको छ।

उनले आफ्नै कम्पनिको छतमा झुन्डिएर आत्महत्या गरेको बताइएको छ।मृतक को शव पोस्टमार्टमको लागी अस्पताल लगिएको जनाइएको छ।