आज: २० बैशाख २०८२, शनिबार | Sat, 03, May, 2025

देशभरको मौसममा सामान्य वदली, अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

गोकर्णेश्वर खबर२६ असार २०७७, शुक्रबार ०७:२७ मा प्रकाशित (४ साल अघि) २९२ पाठक संख्या

काठमाडौं । हाल मनसुनी न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ।

जसअनुसार देशभर आंशिक देखि सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राती देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विमागले जनाएको छ ।