आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

सार्वजनिक सवारीसाधन चल्न दिने सरकारको निर्णय

गोकर्णेश्वर खबर२५ असार २०७७, बिहीबार १७:१६ मा प्रकाशित (४ साल अघि) ८८८ पाठक संख्या

काठमाडौं – सरकारले सार्वजनिक सवारीसाधन चल्न दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले यस बारेको जानकारी दिएका हुन्।

खतिवडाले असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाभित्र तीनवटा जिल्लालाई एउटा जिल्ला मानेर सवारीसाधन चल्न दिने निर्णय भएको बताएका छन्। काठमाडौं उपत्यका भित्र काठमाडौं, ललितपुर र भक्तपुरलाई एउटा जिल्ला मानेर सार्वजनिक सवारीसाधन चल्न दिने निर्णय भएको छ, उनले भने, उपत्यका बाहिर एउटा जिल्ला भित्र सवारी साधन चल्न दिइने निर्णय भएको छ।