आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकामा दुइ जना कोरोना संक्रमित भेटिए

गोकर्णेश्वर खबर२५ असार २०७७, बिहीबार ०७:१५ मा प्रकाशित (४ साल अघि) १९१३ पाठक संख्या

काठमाडौँ,  असार २५/  गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकामा दुइ जनामा कोरोना भाइरस संक्रमित भेटिएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकामा एक घर एक ब्यक्ति पिसीआर आर डी टि गर्ने योजना अनुरुप जेठ २६ गते  देखि सो कार्यको सुरुवात गरेको छ ।  वडाको सिफारिसमा प्रत्येक हप्ताको सोमबार आरडीटी र शुक्रबार पीसीआर परीक्षण गरिने  निर्णय भए अनुसार कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानी नगर अस्पतालमा  आर डी टि पिसीआर परिक्षण गरिदै आएको छ ।

यसै क्रममा गत असार २२ गते कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ स्थित मुलपानी नगर अस्पतालमा २८ जनाको पी सी आर परिक्षण गरिएकोमा  २ जनाको पी सी आर रिपोर्ट पोजेटिभ आएको नगर प्रमुख कृष्णहरि थापाले  जानकारी गराए ।

उनले  दुवै जना पुरुष रहेको  र उनीहरु विदेश बाट फर्किएको जानकारी गराए । उनका अनुसार पोजेटिभ देखिने एक ब्यक्ति कागेश्वरी मनोहरा निवासी रहेको र अर्का ब्यक्ति गोकर्णेश्वर नगरपालिका निवासी रहेको पनि जानकारी  गराए।   नगरभित्र कोरोना नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाले पटक पटक कोरोना परीक्षण गराउँदै आएको  जानकारी गराउदै संक्रमित क्षेत्र वा बाहिरी मुलुकबाट नगरभित्र आउने जोकोही व्यक्तिलाई समयमै कोरोना परीक्षण गराउन नगरपालिकाले आग्रह गरेको  नगर प्रमुख कृष्णहरि थापाले जानकारी गराए ।