आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

पार्टीको एउटा खेमामा नलाग्न राष्ट्रपतिलाई प्रचण्डको आग्रह

गोकर्णेश्वर खबर१८ असार २०७७, बिहीबार १८:०२ मा प्रकाशित (४ साल अघि) २८३ पाठक संख्या

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड ) र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

सरकारले संघीय संसद् अधिवेशन अन्त्यको सिफारिस गरेको डेढ घण्टा नबित्दै सरकारको सिफारिस कार्यान्वयन गरेकी राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका दाहालले एउटा खेमामा नलागी अभिभावकीय भूमिका खेल्न राष्ट्रपतिलाई आग्रह गरेको बताइएको छ ।

जवाफमा राष्ट्रपति भण्डारीले सबै मिलेर अघि बढ्न सुझाएको स्रोतले जनाएको छ ।

सरकार र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामाको माग चर्किएपछि दबाबमा परेका ओलीले संसद् अधिवेशन अन्त्यपछि ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउन खोजेको आशंका बढेपछि नेकपाभित्रको विवाद अझ चर्किएको छ ।