आज: १७ बैशाख २०८२, बुधबार | Wed, 30, Apr, 2025

ठमेलको होस्टलमा एक चिनियाँ नागरिक मृत फेला

गोकर्णेश्वर खबर२१ माघ २०८०, आईतवार १६:२७ मा प्रकाशित (१ साल अघि) २४२ पाठक संख्या

काठमाडौँ । ठमेलस्थित एक होस्टलमा चिनियाँ नागरिक मृत भेटिएका छन्।

काठमाडौं महानगरपालिका–१७ ठमेलको क्वावहालस्थित नेपालय होम होस्टलमा ४७ वर्षीय चिनियाँ नागरिक बाओ गुआन्ग्ली मृत भेटिएका हुन्।

यही माघ १० गतेदेखि उक्त होस्लमा बस्दै आएका उनी आइतबार मृत भेटिएका हुन्।

ती चिनियाँ नागरिक आफू बस्ने कोठाभित्र शनिबार मृत भेटिएका प्रहरीले जनाएको छ।

ती चिनियाँ नागरिकको मृत्युको कारण खुलिनसकेको छैन। शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।