आज: १७ बैशाख २०८२, बुधबार | Wed, 30, Apr, 2025

पर्चा बाँडेर फोहोर गरेको भन्दै काठमाडौं महानगरले तिरायो १० हजार जरिवाना

गोकर्णेश्वर खबर१८ माघ २०८०, बिहीबार १४:५४ मा प्रकाशित (१ साल अघि) २८० पाठक संख्या

काठमाडौँ । सडकमा पर्चा बाँडेर हिँड्ने एकजना महिलालाई काठमाडौं महानगरपालिकाले १० हजार रुपैयाँ जरिवाना तिराएको छ।

काठमाडौं महानगरपालिका १६ बालाजुमा पर्चा वितरण गरि फोहोर गरेको आरोपमा इन्दिरा विकलाई १० हजार रुपैयाँ जरिवाना तिराएको हो।

महानगरले पछिल्लो समय दृश्य प्रदूषण गर्नेलाई पनि जरिवाना तिराइरहेको छ। महानगर प्रहरीले पर्चा र पम्प्लेटका कारण सहरमा फोहोर बढेकाले कारबाही गरिएको जनाएको छ।

महानगरले कम्पनीका लागि विभिन्न तहमा जागिर खुल्यो शीर्षकको पर्चा बाँडेर फोहोर गरेकाले १० हजार जरिवाना तिराइएको जनाएको छ।