आज: २० बैशाख २०८२, शनिबार | Sat, 03, May, 2025

प्रहरी नायव निरीक्षक घुस लिँदै गरेको अवस्थामा पक्राउ

गोकर्णेश्वर खबर१२ मंसिर २०८०, मंगलवार १८:५१ मा प्रकाशित (१ साल अघि) ३६४ पाठक संख्या

काठमाडौँ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बढैयाताल गाउँपालिका मैनापोखरमा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउदलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ।

आयोगले प्रहरी नायब निरीक्षक साउदले लागूऔषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयोजनाका लागि सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा आयोगको नेपालगञ्जबाट गएको टोलीले पक्राउ गरेको हो।

आयोगले साउदलाई ३० हजार बराबरको घुस लिँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय मैनापोखरबाट आज पक्राउ गरेको हो।

आरोपी प्रनानी साउदमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता भोला दाहालले जानकारीदिए।