आज: ३० बैशाख २०८२, मंगलवार | Tue, 13, May, 2025

द्वन्द्वग्रस्त इजरायलबाट उद्धार गरेका १८ नेपाली भारत आइपुगे

गोकर्णेश्वर खबर१ कार्तिक २०८०, बुधबार ०९:३९ मा प्रकाशित (१ साल अघि) २९२ पाठक संख्या

काठमाडौँ । द्वन्द्वग्रस्त इजरायलबाट सरकारले दोस्रो चरणमा उद्धार गरेका १८ नेपाली आज बिहान भारत आइपुगेका छन्।

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माका अनुसार भारत सरकारले आफ्ना नागरिकसँग १८ जना नेपालीलाई पनि आफ्नो विमानमार्फत इजरायलबाट भारतसम्म ल्याइदिएका हुन्।

अब उनीहरूलाई दिल्लीबाट नेपाल ल्याउन यातायातको व्यवस्था गरिएको जानकारी पनि राजदूत शर्माले दिएका छन्।

नेपालीको उद्धारमा सहयोग गरेकामा राजदूत शर्माले भारत सरकारलाई धन्यवाद ज्ञापन गरेका छन्।

यसअघि पहिलो चरणमा सरकारले नेपाली वायु सेवा निगमको विमानमार्फत इजरायलबाट २५४ नेपालीलाई स्वदेश ल्याएको थियो।