सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी अजिमा कन्स्ट्रक्सनलाई
गोकर्णेश्वर खबर१० आश्विन २०८०, बुधबार १८:१४ मा प्रकाशित (१ साल अघि)१५९ पाठक संख्या
गोकर्णेश्वर नगरपालिका ८ मा रहेको युवा उत्सव समितिको आयोजनामा प्रथम दशैं खसी कप २०८० खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी अजिमा कन्स्ट्रक्सनको टिमले जितेको छ।
खेलमा अजिमा टिमले ताहाचल टिमलाई पेनाल्टी सुटआउटबाट ४-३ ले पराजित गरि उपाधी जितेको हो। खेल खसी उपहार भनिए पनि बौद्ध क्षेत्रमा खसी उपहार दिन नमिल्ने भन्दै सो बराबरको २० हजार नगद थप गरि उपाधी बिजेतालाई ७० हजार प्रदान गरियो।
प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार र द्वितीय हुने टिमले२५ हजार नगद पुरस्कार सहित शिल्ड र प्रमाणपत्र प्राप्त गरे।प्रतियोगितामा ३२ टिमले भाग लिएका थिए। सम्पन्न भएको छ ।