आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

विवेकशील साझाको बागमती अध्यक्षमा खड्का चयन

गोकर्णेश्वर खबर१२ भाद्र २०८०, मंगलवार १३:३४ मा प्रकाशित (१ साल अघि) १७४ पाठक संख्या

काठमाडौं । विवेकशील साझा पार्टीको बागमती प्रदेश अध्यक्षमा अजित खड्का चयन भएका छन्।

पार्टीको बागमती अधिवेशनबाट खड्काको नेतृत्वमा १३ सदस्यीय प्रदेश समिति चयन भएको हो।

प्रदेश निर्वाचन आयोगका प्रमुख शंकर बञ्जाडेका अनुसार उपाध्यक्षमा डिजेन बस्नेत, सचिवमा शकिल अहमद र कोषाध्यक्षमा दिलकुमार केसी चयन भएका छन्।

प्रदेश सदस्यमा प्रेमप्रसाद वस्ती,आशिष कार्की, पूर्णलाल श्रेष्ठ, वैकुण्ठ दाहाल, शारदा लक्ष्मी प्रधान, मधुसुदन कार्की, नरेन्द्र श्रेष्ठ, अशोक अधिकारी र भुषणकुमार श्रेष्ठ चयन भएका छन्।