आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

कलाकार ताम्राकारको निधन

गोकर्णेश्वर खबर९ भाद्र २०८०, शनिबार २२:३३ मा प्रकाशित (१ साल अघि) १४४ पाठक संख्या

काठमाडौँ । अभिनेता तथा जादुगर सानु ताम्राकारको निधन भएको छ। केही समयअघि छोरा सारुक गुमाएका उनको शनिबार दिउँसो उपचारका क्रममा निधन भएको हो।

घरमै छोरा मृत फेला परेपछि स्वास्थ्य अवस्था बिग्रिएर उनलाई नर्भिक अस्पताल, थापाथलीमा भर्ना गरिएको थियो।

उनको शनिबार दिउँसो ३ बजेर २० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ।

साउन दोस्रो साता अस्पताल भर्ना भएका उनको पछिल्लो समय किड्नीमा समस्या देखिएको थियो।

ताम्राकार तीन वर्ष चलचित्र कलाकार संघको कार्यवाहक अध्यक्षसमेत बनेका थिए। थुप्रै चलचित्रमा काम गरिसकेका ताम्राकारको शास्त्रीय नृत्यमा पनि रुचि थियो।