आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

स्टार्टअप उद्यममा लगानी गर्न सरकारले बजेटमार्फत विशेष जोड दिएको छः अर्थमन्त्री महत

गोकर्णेश्वर खबर१२ श्रावण २०८०, शुक्रबार १६:१८ मा प्रकाशित (१ साल अघि) १८४ पाठक संख्या

काठमाडौँ – अर्थमन्त्री डा।प्रकाशशरण महतले ‘इनोभेसन नलेज’लाई लगानी गर्न सरकारले बजेटमार्फत विशेष जोड दिएको बताएका छन्।

बिहीबार उद्योग परिसंघ युवा उद्यमी मञ्चको वार्षिक साधरण सभामा बोल्दै अर्थमन्त्री महतले स्टार्टअप उद्यममार्फत नेपालमा सफ्टवेयर उत्पादन गर्नेहरुलाई राज्यले बजेटमार्फत एक किसिमको अनुदानको व्यवस्था गरेको बताए।

उनले कोभिड–१९ पछि नेपाली युवाहरु टेक्नोलोजीको क्षेत्रमा नयाँ टेक्नोलोजी उत्पादन गरेको बताए। उनले युवाहरुसँग सीप तथा क्षमता हुने बताउँदै उद्यमी बनाउन स्टार्टअप फण्डको व्यवस्थासमेत सरकारले गरेको बताए।

उनले युवा उद्यमीहरुले टेक्नोलोजी क्षेत्रमा लगानीका लागि सहयोग खोजेको भन्दै सफ्टवेयरहरु उत्पादन गर्नेहरुलाई प्रोत्साहन गर्ने नीति सरकारको रहेको बताए।

उनले सरकारले स्टार्टअप उद्यमीहरुले गरको आम्दानीमा ५० प्रतिशत कर छुट गरेको पनि बताए। उनले अन्य क्षेत्रहरुभन्दा अहिले टेक्नोलोजी क्षेत्रमा अवसर राम्रो रहेको बताए।