आज: १९ बैशाख २०८२, शुक्रबार | Fri, 02, May, 2025

जिम्बाव्वे विरुद्ध आसिफ शेख ६६ रनमा आउट

गोकर्णेश्वर खबर३ असार २०८०, आईतवार १५:०३ मा प्रकाशित (१ साल अघि) २५६ पाठक संख्या

काठमाडौं । विश्वकप क्रिकेट छनोटमा जिम्बाव्वे विरुद्धको खेलमा आसिफ शेख ६६ रनमा आउट भएका छन् ।

उनले १०० बलमा ७ चौका मद्दतमा ६६ रन बनाए । आसिफ वेलिङटन मसाकान्डाको बलमा रायन बुर्लद्वारा क्याच आउट भएका हुन् ।

उनी आउट हुँदा नेपाल २ विकेटको क्षतिमा १७४ रनको स्थितिमा छ । यसअघि अर्का ओपनर कुशल भुर्तेल ९९ रनमा आउट भएका थिए ।