आज: १७ बैशाख २०८२, बुधबार | Wed, 30, Apr, 2025

गोकर्णेश्वर अन्तर वडा भेट्रान मेयर कप फुटबलमा जोरपाटी स्पोर्टस् विजयी 

गोकर्णेश्वर खबर२९ चैत्र २०७९, बुधबार ०९:२३ मा प्रकाशित (२ साल अघि) १६९ पाठक संख्या

२९ चैत, काठमाडौं । गोकर्णेश्वर नगरपालिका अन्तर वडा दोश्रो खुल्ला भेट्रान मेयर कप फुटबल प्रतियोगितामा वडा नं. ५ को जोरपाटी स्पोर्टस् विजयी भएको छ । मंगलबार भएको फाईनल खेलमा ट्राईब्रेकरमा वडा नं. ८ को आत्तरखेल युवा समाजलाई ३–२ गोलले पछाडी पार्दै जोरपाटी स्पोर्टस् विजयी भएको हो ।

विजयी जोरपाटी स्पोर्टस्ले नगद रु ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भनें उपविजेता आत्तरखेल युवा समाजले नगद रु २५ हजार सहति ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । नगर प्रमुख दीपक रिसालले प्रतियोगिताका विजयी र उपविजयी टिमलाई पुरस्कार हस्तान्तरण गर्नु भयो ।

ग्राम निर्माण बन्धु मण्डल क्लबको आयोजनामा भएको प्रतियोगिताको समापन कार्यक्रममा गोनपा ९ का वडा अध्यक्ष राजिव थापा, सदस्य उमेश चालिसे, लक्ष्मी गुरुङ, श्रीकृष्ण कारञ्जित, गमला परियार, गोनपा ८ का वडा सदस्य तथा सुशासन समिति सदस्य सुमन लामा, चन्द्रलाल श्रेष्ठ, गोनपा खेलकुद समितिका संयोजक सञ्जय लामा, नगर प्रमुखका वरिष्ठ राजनीतिक सल्लाहकार कुमार लामा, समाजसेवी राजेश थापा, क्लबका सचिव सुमनमान सिंह बस्न्यात, कोषाध्यक्ष सुजित सिंह ठकुरी लगायतका विभिन्न व्यक्तिहरुको आतिथ्यता रहेको थियो ।