आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

गोकर्णेश्वरमा ४ हजार १ सय ६९ जनाको निःशुल्क स्वास्थ्य विमा

गोकर्णेश्वर खबर१ पुष २०७९, शुक्रबार १९:०१ मा प्रकाशित (२ साल अघि) ३०१ पाठक संख्या

१ पुष, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसालको अध्यक्षतामा आज गोकर्णेश्वर नगर अस्पतालमा बसेको बैठकले स्वास्थ्य विमा सहयोगीहरुले पेश गरेको विमा सम्वन्धि विवरण माथी छलफल गर्नुका साथै स्वास्थ्य विमालाई प्रभावकारी बनाउने तथा नगर अस्पतालको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन आवश्यक उपकरणको व्यवस्थापन गर्ने, सेवा सुविधालाई चुस्त दुरुस्त बनाउने सम्वन्धमा महत्वपूर्ण निर्णयहरु गरेको छ ।

बैठकमा उपमेयर सान्नानी लामा, सामाजिक विकास समिति संयोजक द्वारिका श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय, नगर अस्पतालका नि. प्रमुख डा. साङ्गवो लामा लगायत स्वास्थ्य विमा सहयोगीहरुको सहभागिता रहेको थियो ।

आज स्वास्थ्य विमा सहयोगीहरुले पेश गरेको विमाको विवरण अनुसार गोकर्णेश्वरको ९ वटै वडामा गरी १२८८ घरका ४१६९ जनाले नगरपालिकाले दिएको सुविधा अनुसार निःशुल्क विमा गरेका छन् । नगरपालिकाले ६८ वर्ष माथिका जेष्ठ नागरिक, एकल महिला, अशक्त र अपांगता भएका व्यक्तिहरु, राष्ट्रिय खेलाडी, महिला स्वास्थ्य स्वयंसेविका र किसान कार्ड पाएका किसानलाई निःशुल्क स्वास्थ्य विमा गरिरहेको छ ।