आज: १७ बैशाख २०८२, बुधबार | Wed, 30, Apr, 2025

काठमाडौं गोठाटारमा गोली लागेका घाइतेको पहिचान खुल्यो

गोकर्णेश्वर खबर३ आश्विन २०७९, सोमबार २०:३७ मा प्रकाशित (२ साल अघि) १२३५ पाठक संख्या

३ असोज, काठमाडौं । काठमाडौं गोठाटारमा गोली लागेर घाइते भएका व्यक्तिको पहिचान खुलेको छ ।

घाइते हुनेमा सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मद दर्जी घाइते भएको प्रहरीले जनाएको छ।

पल्सर मोटरसाइकलमा आएका दुई जनाले गोलि प्रहार गरेर फरार भएको प्रारम्भिक अनुसन्धानमा छ।

काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

घाइतेलाई त्रिवि शिक्षण अस्पताल लगिएको छ।