आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024

चक्रे मिलनलाई उम्मेदवार बनाउन नेकपा एमाले गोरखाको सिफारिस 

गोकर्णेश्वर खबर१९ भाद्र २०७९, आईतवार २०:२७ मा प्रकाशित (२ साल अघि) १८२ पाठक संख्या

१९ भदौ, काठमाडौं । प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउने नेकपा एमाले गोरखाले चक्रे मिलनका नामले चिनिने मिलन गुरुङलाई सिफारिस गरेको छ ।

एमाले गोखराको आइतबार बसेको बैठकले गोरखा २ बाट उनीसहित तीन जनाको नाम प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस गरेको हो ।

विगत विवादास्पद भएका र गुन्डा नाइकेको रुपमा चिनिने मिलन गुरुङ (चक्रे मिलन) लाई सिफारिस गरे पछि पार्टीले उम्मेदवार देला कि नदेला चासोका साथ हेरिएको छ ।

गुरुङसँगै दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस भएको छ ।