आज: २५ बैशाख २०८२, बिहीबार | Thu, 08, May, 2025

काठमाडौं कांग्रेसले स्व.प्रदीप गिरिको पूण्य तिथीमा श्रदाञ्जली सभा गर्ने 

गोकर्णेश्वर खबर१३ भाद्र २०७९, सोमबार २२:१५ मा प्रकाशित (२ साल अघि) १९६ पाठक संख्या

भदौ १३, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले कांग्रेस नेता तथा समाजवादी चिन्तक स्व.प्रदीप गिरिको पूण्य तिथीमा श्रदाञ्जली सभा गर्ने भएको छ ।

गिरीको १३ औं दिनको पूण्य तिथीमा राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा भदौ १६ गते बिहिबार दिउसो ३ बजे श्रदाञ्जली सभा गर्ने भएको हो ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यतामा श्रदाञ्जली सभा गर्ने काठमाडौं जिल्ला कार्यसमितिले जनाएको छ । श्रदाञ्जली सभामा सहभागि हुन सबैलाई जिल्ला कार्यसमितिले आग्रह समेत गरेको छ ।