आज: २५ बैशाख २०८२, बिहीबार | Thu, 08, May, 2025

नेपाली कांग्रेसको केन्द्रीय समितिमा १० जना मनोनयन

गोकर्णेश्वर खबर३१ श्रावण २०७९, मंगलवार १६:१७ मा प्रकाशित (२ साल अघि) १५८ पाठक संख्या

३१ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय समितिमा मनोनयन गरेका छन्।

उनले मंगलबार किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ्ग), रुक्मीणी कोइराला (मोरङ्ग), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही) लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुर) लाई केन्द्रीय कार्यसमिति सदस्य पदमा मनोनयन गरेका हुन्।

विधानको धारा २१ को उपधारा १० बमोजिम उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको जारी विज्ञप्तिमा जनाइएको छ।