आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

संयुक्त अबर इमिरेट्समा भीषण बाढी

गोकर्णेश्वर खबर२७ श्रावण २०७९, शुक्रबार ०९:४६ मा प्रकाशित (१ साल अघि) १६३ पाठक संख्या

२७ साउन, काठमाडौं । संयुक्त अबर इमिरेट्समा भीषण बर्षापछि आएको बाढीले जनजीवन नराम्ररी प्रभावित पारेको छ । बाढीका कारण मानिसहरु विभिन्न ठाउँहरुमा थुनिएका छन् ।

शारजाह र फुजाइराह शहरहरुमा उद्दारका लागि उद्दारकर्मीहरु खटिएका छन् । समस्यामा परेकाहरुलाई उद्दार गर्न समेत कठिनाइ भएको छ ।

सबैभन्दा बढी फुजाइराह शहर प्रभावित भएको छ । आबुधाबी र दुबईमा भने पानी नै कम परेको छ । बाढी आउनसक्ने ठाउँहरुमा सरकारले सतर्कता अपनाउन आग्रह गरेको र सकेसम्म सुरक्षित स्थानमा बस्न भनिएको छ ।

बाढीले घरबारबिहीन भएकाहरुलाई विभिन्न होटलहरुमा लगेर राखिएको छ। निरन्तर बर्षा भइरहेकोले अझे केही समय बाढीको बहाब बढ्न सक्ने भन्दै अधिकारीहरुले थप उद्दारको व्यवस्था गरेको जानकारी दिएका छन ।