आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024

सिट बाँडफाँटबारे विहीवार पुनः छलफल गर्ने सत्ता गठबन्धनको तयारी

गोकर्णेश्वर खबर२६ श्रावण २०७९, बिहीबार १३:३३ मा प्रकाशित (१ साल अघि) १७३ पाठक संख्या

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँटबारे विहीवार पुनः छलफल हुँदैछ ।

सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको दोस्रो बैठक पुनः बस्न लागेको हो ।

दिउँसो २ बजे बालुवाटारमा बैठक बस्ने कार्यदलका सदस्य सचिव केशव जोशीले जानकारी दिनुभयो । पहिलो बैठकले  नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई कार्यदल संयोजकको जिम्मेवारी दिइएको थियो ।

कार्यदललाई सिट बाँडफाँटको आधार तय गरी कुन दलले कति सिट लिने सहमति गर्न भनिएको छ । यसले टुंगो लगाउन नसकेका ठाउँ भने प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताले टुंगो लगाउनेछन् ।

विहीवारको कार्यदल बैठकमा दलहरूले आ–आफ्ना दाबी पेश गर्ने सम्भावना रहेको छ ।