आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

बिहीवारको मौसम स् देशभर मध्यम बदली रही तीन प्रदेशका केही स्थानमा मुसलधारे वर्षाको सम्भावना

गोकर्णेश्वर खबर२६ श्रावण २०७९, बिहीबार ०७:२४ मा प्रकाशित (१ साल अघि) १३९ पाठक संख्या

काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा मुसलधारे वर्षा हुने भएको छ ।

देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । विभागले आगामी २४ घण्टा देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा र सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले विभागले जनाएको छ ।

उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्र्यान बहावको जोखिम रहनाका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवनरयातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध समेत गरेको छ ।

रातको समयमा देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली तथा लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।