आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

सामाजिक सुरक्षा भत्ता नविकरण गर्न कामपा ६ को अनुरोध

गोकर्णेश्वर खबर२५ श्रावण २०७९, बुधबार २२:२५ मा प्रकाशित (२ साल अघि) २८२ पाठक संख्या

२५ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ६ ले सामाजिक सुरक्षा भत्ता नविकरण सम्बन्धी सुचना जारी गरेको छ ।

वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता लिंदै आईरहेकाहरुलाई आफ्नो सामाजिक सुरक्षा भत्ता नविकरण गर्न अनुरोध गरेको हो ।

सामाजिक सुरक्षा भत्ता नविकरणका लागि नागरिकता फोटोकपि, सामाजिक सुरक्षा भत्ता परिचय पत्र र बैंकको चेक बुकको फोटोकपि ल्याउन जारी सुचनामा अनुरोध गरिएको छ ।

वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता लिदै आएका लाभग्राहीहरुले २०७९ श्रावण मसान्त सम्ममा वडा कार्यालयमा उपस्थित भई अनिवार्य रुपमा आफ्नो सामाजिक सुरक्षा भत्ता नविकरण गर्न अनुरोध गर्दै नविकरण नभएका लाभाग्राहीको नाम कट्टा हुने व्यवस्था भएकोसमेत जानकारी गराएको छ ।

सामाजिक सुरक्षा भत्ता जेष्ठ नागरिक, जेष्ठ नागरिक दलित, एकल महिला, विधवा, अपांगता, दलित बालबालिकाले पाउँदै आएका छन् ।