आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

कोरोना बढेपछि भोजपुरको टेम्केमैयुङका विद्यालय बन्द

गोकर्णेश्वर खबर२५ श्रावण २०७९, बुधबार ०७:३९ मा प्रकाशित (१ साल अघि) २३१ पाठक संख्या

भोजपुर । कोराना भाइरस संक्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् ।
गाउँपालिकाले मङ्गलबारदेखि ६ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो । शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य कार्यालय भोजपुरका अनुसार यस गापमा सबैभन्दा बढी संक्रमण देखिएको छ । यहाँ एकै दिन ५५ जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ ।

मङ्गलबारसम्म जिल्लामा ५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय जनाएको छ । संक्रमणको अवस्था हेरेर बन्द विद्यालय सञ्चालन गरिने गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।
रासस