आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024

गोकर्णेश्वर ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठलाई लक्जम्बर्गमा स्वागत 

गोकर्णेश्वर खबर२० श्रावण २०७९, शुक्रबार २२:५६ मा प्रकाशित (१ साल अघि) ७०९ पाठक संख्या

२० साउन, काठमाडौं । नेपाली कांग्रेस जन सम्पर्क समिति लक्जम्बर्गले गोकर्णेश्वर नगरपालिका वडा ८ का अध्यक्ष नन्दलाल श्रेष्ठलाई स्वागत गरेको छ । वडा अध्यक्ष नन्दलाल श्रेष्ठलाई नेपाली कांग्रेस जन सम्पर्क समिति लक्जम्बरले स्वागत गर्दै सफल कार्यकालको शुभकामना समेत दिएको छ ।

कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठले लक्जम्बर्गमा रहेका नेपालीहरुले गरेको सम्मानका लागि धन्यवाद व्यक्त गर्दै स्थानिय जनप्रतिनिधि भई गरेका कार्यहरूका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा अध्यक्ष तथा जन सम्पर्क सल्लाहकार हरिबहादुर खत्री, एनआरएनए महा–सचिव तथा पुर्व जन सम्पर्क महामन्त्री बाल हरि राई, एनआरएनए प्रवक्ता तथा जन सम्पर्क पूर्व संयोजक झलक महत, एनआरएनए आईसीसी तथा जनसम्पर्क सस्थापक अध्यक्ष बाल कृष्ण सापकोट, एनआरएनए कोषाध्यक्ष तथा जन सम्पर्क सदस्य नारायणप्रसाद दवाडी, एनआरएनए सदस्य तथा जन सम्पर्क महामन्त्री हिमाल सापकोटा, एनआरएनए पूर्व सदस्य तथा जन सम्पर्क कोषाध्यक्ष प्रेम गोले लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।