आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

राप्रपा नयाँ शक्तिका रुपमा विकास हुँदैछ : अध्यक्ष लिङ्देन

गोकर्णेश्वर खबर१२ श्रावण २०७९, बिहीबार ०६:१७ मा प्रकाशित (१ साल अघि) २७० पाठक संख्या

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको राजनीतिमा नयाँ शक्तिका रुपमा विकास भइरहेको बताएका छन् ।

सो पार्टीको कैलाली जिल्ला समितिले आज धनगढीमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा उनले पार्टीले आउने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नयाँ परिणाम दिने बताए। अध्यक्ष लिङ्देनले अहिले सुस्ताएको राजनीतिमा फेरि नयाँ तरङ्ग सिर्जना गर्ने काम राप्रपाबाट भइराखेको जिकिर गरे ।