आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

वामदेव गौतमको नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता

गोकर्णेश्वर खबर१० श्रावण २०७९, मंगलवार १२:४० मा प्रकाशित (१ साल अघि) २८० पाठक संख्या

काठमाडौं । वामदेव गौतमको संयोजगत्वमा घोषणा भएको नेकपा ९एकता राष्ट्रिय अभियान० दल निर्वाचन आयोगमा दर्ता भएको छ।

दलको दर्ता प्रक्रिया सम्पन्न भएको पार्टीका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिनुभयो ।

दल दर्ताका लागि पार्टीका केन्द्रीय सदस्यहरु सनाखतका लागि सोमबार दिउँसो आयोग पुगेका थिए।

दलको नाम नेकपा ९एकता राष्ट्रिय अभियान० र चुनाव चिह्न ‘धानको बाला’ राखिएको छ। चन्द्र आकारको गोलाकारभित्र झुलेको धानको बाला राखिएको पाण्डेले बताउनुभयो । तर दल दर्ताको प्रमाणपत्र भने आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । गौतमको संयोजकत्वमा गत १४ असारमा राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीको घोषणा गरिएको थियो ।

दल दर्ता प्रक्रियासँगै नेता गौतमले पछिल्लो समय नेपालका वामपन्थी दलहरुलाई एकीकृत गर्ने अभियान समेत शुरु गर्नुभएको छ ।

यसबीचमा उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुसँग भेटघाट गर्नुभएको छ ।