FLASH NEWS
आज: २४ श्रावण २०७९, मंगलवार | Tue, 09, Aug, 2022 Gokarneshwor TV HD

सामुदायिक विद्यालयका कर्मचारीलाई कर बुझाउन नगरपालिकाको सूचना

गोकर्णेश्वर खबर९ श्रावण २०७९, सोमबार १८:५८ मा प्रकाशित (२ हफ्ता अघि) १४९ पाठक संख्या

९ साउन, काठमाडौं । गोकर्णेश्वर नगरकार्यपालिकाले सामुदायिक विद्यालयका कर्मचारीलाई कर बुझाउन अनुरोध गरेको छ ।

सोमबार जारी गरिएको सूचनामा नगरपालिकालाई बुझाउनु पर्ने कर नियमित रुपमा बुझाउन आग्रह गर्दै कर नबुझाएम नगरपालिकाबाट प्राप्त हुने सुविधाबाट वञ्चित गर्न सकिने निर्णय भएको जानकारी गराईएको छ ।

सूचनामा भनिएको छ- ‘गोकर्णेश्वर नगरकार्यपालिकाको असार ९ गते बसेको बैठकको निर्णय अनुसार यस नगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षक, पदाधिकारी र कर्मचारीहरुले यस नगरपालिकालाई बुझाउनु पर्ने कर नियमित रुपमा बुझाउन पर्ने अन्यथा नगरपालिकाबाट प्राप्त हु सक्ने सुविधाबाट वञ्चित गर्न सकिने निर्णय भएकाले सोही अनुसार गर्नु गराउनुहुन जानकारीका लागि अनुरोध छ ।’