आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

तीनकुनेमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीको छापा

गोकर्णेश्वर खबर९ श्रावण २०७९, सोमबार १५:३१ मा प्रकाशित (१ साल अघि) ३९७ पाठक संख्या

९ साउन, काठमाडौं । काठमाडौंमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार तीनकुनेमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा छापा मारेको हो ।

विशेष सूचनाका आधारमा परिसरको टोलीले सोमबार बिहानदेखि तीनकुनेका विभिन्न स्थानमा छापा मोरेको हो ।

यसअघि आइतबार रुपन्देहीको तिलोत्तमा–२ जानकी नगरमा रहेको कल सेन्टरमा प्रहरीले छापा मारेको थियो । ब्लु स्काई बिजनेस सोलुसन प्रालि नामक कल सेन्टरमा नौजना सञ्चालकसहित १५० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।