आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

नेपाल नगरपालिका संघको बागमती प्रदेश संयोजकमा मेयर उपेन्द्र कार्की चयन

गोकर्णेश्वर खबर९ श्रावण २०७९, सोमबार १४:४९ मा प्रकाशित (१ साल अघि) २५३ पाठक संख्या

९ साउन, काठमाडौं । नेपाल नगरपालिका संघको बागमती प्रदेश संयोजकमा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख (मेयर) उपेन्द्र कार्की चयन भएका छन् ।

बागमती प्रदेशका नगरपालिकाका मेयर र उपमेयरको काठमाडौंमा भएको भेलाले सर्वसम्मत रुपमा संयोजकमा मेयर कार्की र कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीलाई सहसंयोजकमा चयन गरेको हो ।

यसैगरी, नेपाल नगरपालिका संघको बागमती प्रदेशको सदस्यहरुमा नुवाकोट जिल्लाको विदुर नगरपालिकाका उपपमेयर प्रभा बोगटी, दक्षिणकाली नगरपालिकाका उपपमेयर बसन्ती तामाङ डंगोल, नागार्जुन नगरपालिकाका उपपमेयर सुशिला अधिकारी, कमलामाई नगरपालिकाका उपपमेयर मञ्जु देवकोटा, गोदावरी नगरपालिकाका उपमेयर मुना अधिकारी, चाँगुनारायण नगरपालिकाका मेयर रमेश बुढाथोकी, बनेपा नगरपालिकाका उपपमेयर विमला सापकोटा, थाहा नगरपालिकाका मेयर विष्णु विष्ट, चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, थाहा नगरपालिकाका उपमेयर भरत गोपाली, बाह्रबिशे नगरपालिकाका उपमेयर मञ्जु तामाङ, धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलसर्वसम्मत रुपमा निर्वाचित हुनुभएको संघले जनाएको छ ।

प्रदेश संयोजकमा निर्वाचित भएपछी कार्यक्रमलाई संबोधन गर्दै कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले बागमती प्रदेशका नगरपालिकाका समस्यालाई साझा समस्याको रुपमा लिएर समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नगरपालिका संघको विधान अनुसार बहुमत स्थानीय तहमा विजयी नेपाली कांग्रेस र दोस्रो ठूलो पाटी नेकपा एमालेबाट संयोजक र सहंयोजक चयन गरिएको छ । कार्यक्रममा वागमती प्रदेशमा भएका विभिन्न नगरपालिकाका प्रमुख र उपप्रमुखहरुको उपस्थिति रहेको थियो ।