आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

मिटरब्याजीलाई कारवाहीको माग गर्दै सिरहामा प्रदर्शन

गोकर्णेश्वर खबर८ श्रावण २०७९, आईतवार २०:१० मा प्रकाशित (१ साल अघि) १२७ पाठक संख्या

८ साउन, काठमाडौं । मिटरब्याजीबाट पीडितहरुले सिरहामा प्रदर्शन गरेका छन् ।

मिटरब्याजीले आफूहरुलाई घरबारविहीन बनाएको भन्दै पीडितले सिरहाको गोलबजारमा आइतबार प्रदर्शन गरेका हुन् ।

उनीहरुका अनुसार मिटरब्याजीलाई कारबाही गर्न गृह मन्त्रालयले सिडिओलाई परिपत्र जारी गरे पनि कारवाही हुन सकेको छैन । मिटरब्याजीलाई प्रशासनले कारबाही नगरेकोमा पिडितहरुले गुनासो गरेका छन् ।