आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

सुन्दरीजलमा खोलामा खसेर बेपत्ता भएका किशोर मृत अवस्थामा फेला 

गोकर्णेश्वर खबर८ श्रावण २०७९, आईतवार १६:४१ मा प्रकाशित (१ साल अघि) ३५९ पाठक संख्या

८ साउन, काठमाडौं । काठमाडौँको सुन्दरीजलमा खोलामा खसेर बेपत्ता भएका किशोर मृत अवस्थामा फेला परेका छन् ।

शनिबार खोलामा खसेर बेपत्ता भएका किशोरको शव आइतबार दिउँसो फेला परेका हुन् ।

मृत फेला परेका प्रधान शनिबार अपराह्न सवा चार बजेतिर ढुंगामा बसेर फोटो खिचाउने क्रममा चिप्लिएर खोलामा खसेका थिए । चिप्लिएर खसेको ठाउँतिरै ढुंगाहरू बीचमा च्यापिएको अवस्थामा शव फेला परेको थियो ।