आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

रुखले बस र स्कुटर च्याप्दा तीनको मृत्यु, १५ घाइते

गोकर्णेश्वर खबर८ श्रावण २०७९, आईतवार १६:३५ मा प्रकाशित (१ साल अघि) १०९ पाठक संख्या

८ साउन, काठमाडौं । भक्तपुर नगरपालिका–१ सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

सल्लाको रुख ढलेर काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको यात्रुबाहक बस र बा ६१ च नम्बरको स्कुटरलाई च्याप्दा तीनजनाको मृत्यु भएको हो ।

घाइतेहरूलाई भक्तपुरमा रहेका इवामुरा अस्पताल र भक्तपर अन्तर्राष्ट्रिय अस्पताल उपचार भइरहेको छ । मृतक २५ वर्षीय विशेष खर्वुजाको सनाखत भएको छ । अन्य दुई जनाको सनाखत हुन बाँकी छ ।