आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

राप्रपा नेपालका अध्यक्ष थापा बेलायत प्रस्थान

गोकर्णेश्वर खबर८ श्रावण २०७९, आईतवार ०६:२७ मा प्रकाशित (१ साल अघि) १०८ पाठक संख्या

राप्रपा नेपालका अध्यक्ष कमल थापा आज बेलायत प्रस्थान गरेका छन् । बेलायततर्फ जाने क्रममा थापा आज कतार एयरवेजको विमानबाट दोहा गएका हुन् ।
करिब दुई साता बेलायत रहने थापाको यो भ्रमण निजी भ्रमण भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बेलायत रहँदा नेपाली समुदायका व्यक्तिहरुसँग भेटघाट हुन सक्ने बताइएको छ ।
भ्रमणमा थापासँग उनकी श्रीमती पनि सँगै रहनेछिन् ।