आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

लभ डाँडामा कागेश्वरी–मनोहरा महोत्सव साउन १७ गते देखि हुने 

गोकर्णेश्वर खबर७ श्रावण २०७९, शनिबार २१:०४ मा प्रकाशित (१ साल अघि) ८४२ पाठक संख्या

७ साउन, काठमाडौं । प्रथम कागेश्वरी–मनोहरा महोत्सव २०७९ साउन १७ गते देखि भदौ ४ गते सम्म हुने भएको छ । महोत्सवमा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको नृत्य-गायन प्रस्तुती रहने आयोजक आर्या इन्टरटेनमेण्टले जनाएको छ ।

महोत्सव कागेश्वरी–मनोहरा नगरपालिका वडा नं. ८ मा रहेको लभ डाँडामा हुनेछ । महोत्सवको उदघाटन कार्यक्रम संस्कृति पर्यटन तथा नागरिक उड्यय मन्त्री जिवनराम श्रेष्ठबाट साउन १७ गते मंगलबार दिउँसो हुनेछ ।

महोत्सवमा व्यवसायीक स्टल, मनोरञ्जन खेलकुदका सामाग्री, स्वास्थ्य शिविर, बाल उदान मनोरञ्जन पार्क, स्थानिय उत्पादनको प्रदर्शनी, राष्ट्रिय कला संस्कतिको प्रदर्शनी, विभिन्न जातजातिको संस्कृति झल्कने प्रस्तुती रहने आज पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

पत्रकार सम्मेलनमा आर्या इन्टरटेनमेण्टका अध्यक्ष कपिल कार्की, संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.लि.का अध्यक्ष राजु अधिकारी, नेपाल मेला महोत्सव संघका केन्द्रीय कोषाध्यक्ष अनिल ताम्राकार, महोत्सवका युवा परिचालक अध्यक्ष राजु तामाङ, महोत्सवका विशेष सल्लाहकार दीपक दाहाल लगायत कलाकारहरुको उपस्थिती रहेको थियो ।