आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

सुन्दरीजलमा खोलामा खसेर १६ वर्षका किशोर बेपत्ता

गोकर्णेश्वर खबर७ श्रावण २०७९, शनिबार २०:३० मा प्रकाशित (१ साल अघि) ९५८ पाठक संख्या

७ साउन, काठमाडौं । काठमाडौंको सुन्दरीजल खोलामा खसेर एक किशोर बेपत्ता भएका छन् ।

साथीसँग घुम्न गएका कपन बस्ने १६ वर्षीय शुभमश्री प्रधान बेपत्ता भएका हुन् । उनी शनिबार अपराह्न करिब ४ बजेदेखि बेपत्ता भएको प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको विशेष टोलीले उनको खोजी गरिरहेको छ।

न्यौपानेका अनुसार शनिबार विहान शिवपुरी राष्ट्रिय निकुञ्जभित्र पर्ने सुन्दरीजलमा घुम्न गएको ७ जनाको टोलीका एक सदस्य प्रधान हराएका हुन् ।